Nepal Life

कर्मचारी सञ्चय कोषको डिजिटल सेवामा नयाँ फड्को, राष्ट्रिय परिचय प्रणालीसँग एकीकरण

NMB Bank
  • BFIS News
  • 2026 Mar 26 15:39
कर्मचारी सञ्चय कोषको डिजिटल सेवामा नयाँ फड्को, राष्ट्रिय परिचय प्रणालीसँग एकीकरण
National Life

काठमाडौं, चैत १२ — कर्मचारी सञ्चय कोषले आफ्ना सेवाहरूलाई थप सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित डिजिटल रूपान्तरणतर्फ महत्वपूर्ण कदम चालेको छ। यसैक्रममा कोषले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा (E–Service) प्रयोग गर्ने सम्बन्धमा सम्झौता गरेको छ।

Shikhar
NIMB

आज काठमाडौंमा आयोजित कार्यक्रममा नमराज घिमिरे र जितेन्द्र धितालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि अब कर्मचारी सञ्चय कोषमा आवद्ध हुन चाहने तथा आवद्ध भइसकेका सञ्चयकर्ताहरूको पहिचान प्रमाणीकरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत हुने भएको छ। यस व्यवस्थाले प्रमाणीकरणका लागि सेवाग्राहीहरू कोषमा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट हटाउने विश्वास गरिएको छ।

कोषका अनुसार यो पहलले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्न सहयोग पुर्‍याउनेछ। साथै, प्रमाणीकरण प्रक्रिया थप छिटो, सहज, भरपर्दो र पारदर्शी बन्ने अपेक्षा गरिएको छ। यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै कोषसँग हुने कारोबार अझ सुरक्षित र विश्वसनीय हुने जनाइएको छ।

सम्झौताअनुसार अब कोषको प्रणालीलाई National Identity Management Information System (NIDMIS) सँग एकीकृत गरिनेछ। यसका लागि सुरक्षित र व्यवस्थित डेटा आदान–प्रदान गर्न सक्ने प्राविधिक संरचना निर्माण गरिनेछ, जसले पहिचान प्रमाणीकरणलाई अझ प्रभावकारी बनाउनेछ।

कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले आधुनिक प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन, नागरिकमैत्री शासन प्रणाली निर्माण गर्न तथा डिजिटल नेपाल अभियानलाई टेवा पुर्‍याउन यो सम्झौता महत्वपूर्ण हुने बताए।

त्यस्तै, कोषका प्रशासक धितालले सूचना प्रणालीको एकीकरणले सरकारी तथा सार्वजनिक निकायहरूबीच समन्वय र साझेदारी बढाउने, सेवा प्रवाहमा दोहोरोपना हटाउने तथा दीर्घकालीन रूपमा लागत घटाएर कार्यक्षमता वृद्धि गर्ने विश्वास व्यक्त गरे।

कर्मचारी सञ्चय कोषले आधुनिक प्रविधि र पारदर्शी व्यवस्थापनमार्फत आगामी दिनमा सेवाग्राहीलाई अझ गुणस्तरीय र झन्झटमुक्त सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार