Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ, आइपिओ प्रकरणमा तानिए

NMB Bank
  • BFIS News
  • 2026 Mar 30 17:59
सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ, आइपिओ प्रकरणमा तानिए
National Life

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुतलीसडक क्षेत्रबाट पक्राउ गरेको छ। प्रारम्भिक जानकारीअनुसार उनी आइपिओ निष्काशनसँग सम्बन्धित कर्मचारीलाई छुट्याइएको सेयर बाँडफाँटमा भएको अनियमिततासम्बन्धी प्रकरणमा तानिएका हुन्।

Shikhar
NIMB

स्रोतका अनुसार अर्यालको पक्राउ कर्मचारीका लागि छुट्याइएको आश्रित सेयरको वितरणमा भएको अनियमितता तथा किर्तेसम्बन्धी आरोपसँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गरेको अध्ययनमा कर्मचारीका लागि विनियोजन गरिएको सेयरमा किर्ते कागजात प्रयोग गरी आफूअनुकूल बाँडफाँट गरिएको देखिएको उल्लेख छ।

अध्ययन प्रतिवेदनमा आवेदन फारममा झुटा विवरण पेश गरी ठूलो परिमाणमा सेयर कब्जा गरिएको आरोपसमेत लगाइएको छ। साथै, कम्पनीले पेश गरेका कागजात र बिक्री प्रबन्धकद्वारा उपलब्ध गराइएका विवरणबीच मेल नखाएको पनि पाइएको छ। कर्मचारीका आवेदन फारमहरूमा समेत फरक फरक विवरण भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसअघि धितोपत्र बोर्डले उक्त कम्पनीलाई कर्मचारीका लागि छुट्याइएको सेयर पुनः बाँडफाँट गर्न निर्देशन दिएको थियो। साथै, अर्यालमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन सिफारिससमेत गरिएको थियो।

उक्त प्रकरणमा धितोपत्र बोर्डले अनुसन्धान प्रतिवेदन लामो समयअघि नै सीआईबीमा पठाए पनि फाइल अगाडि नबढेको भन्दै प्रश्न उठ्दै आएका थिए। तर पछिल्लो पक्राउसँगै अब यस मुद्दामा अनुसन्धानले तीव्रता पाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया