जुम्लामा एसईई केन्द्राध्यक्ष र निरीक्षक निष्कासित, उत्तरपुस्तिका प्रकरणपछि कारबाही
- BFIS News
- 2026 Apr 05 12:58
जुम्ला, चैत २२ — जुम्लाको दुर्गा माध्यमिक विद्यालय लाम्रामा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ। अङ्ग्रेजी विषयको परीक्षाका क्रममा एक परीक्षार्थीको उत्तरपुस्तिका हराएको र केही समयपछि फेला परेको घटनापछि कारबाही गरिएको हो।
जिल्ला परीक्षा समन्वय समितिले घटनाबारे स्थलगत अध्ययन तथा अनुसन्धान गरेपछि केन्द्राध्यक्ष मुकुन्द शर्मा र निरीक्षक हरिदेवी रावललाई यस वर्षको परीक्षाबाट अलग गरिएको हो। प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष दीपक पौडेलले उक्त जानकारी दिनुभयो।
उहाँका अनुसार केन्द्राध्यक्ष शर्मालाई हटाएर सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नयाँ केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। अनुसन्धानका क्रममा चार जनाको उत्तरपुस्तिकाको सिरियल नमिलेको लगायतका लापरवाहीसमेत भेटिएको प्रजिअ पौडेलले बताउनुभयो।
यस्तै, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रछाने लुहारका अनुसार लापरवाहीमा संलग्न देखिएका अन्य व्यक्तिलाई पनि परीक्षामा जिम्मेवारी नदिइने निर्णय गरिएको छ।
घटनाको अध्ययनका लागि शिक्षा विकास तथा समन्वय इकाई, सुरक्षा निकायको टोली घटनास्थल पुगेर फर्किएपछि जिल्ला सदरमुकाममा बसेको समिति बैठकले उक्त निर्णय गरेको हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)





प्रतिक्रिया