नेपाल लाइफ सल्यानद्वारा अभिकर्ता भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 Apr 06 13:48
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सल्यान शाखाद्वारा अभिकर्ता भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरिएको छ। शाखा प्रबन्धक वसन्त प्रसाद पोख्रेल को समन्वयमा सल्यान खलंगा नजिकै अवस्थित चन्द्रपाला पार्क मा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कम्पनीले ल्याएको बनभोज स्किम अन्तर्गत शाखाबाट छनोटमा पर्न सफल अभिकर्ताहरूका साथै केही एएम तथा बीसीहरूको सहभागिता रहेको कार्यक्रममा नाचगान तथा खानपिनका साथ सहभागीहरूले भरपूर मनोरञ्जन लिएका थिए। साथै जीवन बीमा व्यवसाय तथा चालु चैत्र महिनाको स्किम सम्बन्धमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले आ–आफ्नो नृत्य तथा गायन प्रतिभा प्रस्तुत गर्दै वातावरणलाई अझ रमाइलो बनाएका थिए। पहाडी मनोरम स्थानमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागीहरूले फोटो तथा टिकटक बनाएर थप मनोरञ्जन लिएका थिए।
शाखा प्रमुख पोख्रेलका अनुसार कम्पनीले हरेक वर्ष आफ्ना अभिकर्ताहरूलाई एकआपसमा भेला गराई ज्ञान तथा सीप आदान–प्रदान गर्ने र सँगै रमाइलो गर्दै ताजगी अनुभव गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
कार्यक्रममा बोल्दै एजेन्सी म्यानेजर मानबहादुर मल्ल ले कार्यक्रम अत्यन्त सफल र रमाइलो भएको बताउँदै आगामी दिनमा व्यवसाय अभिवृद्धिका लागि अझ सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले कार्यक्रम आयोजना गरेकोमा शाखालाई धन्यवाद पनि ज्ञापन गरे।
यसैगरी, सहभागी अभिकर्ताहरूले पनि शाखा प्रमुख पोख्रेलको आग्रहअनुसार यस्ता कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राख्दै आफूहरू पूर्ण रूपमा साथ दिने र अझ भव्य रूपमा कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpg)
.jpg)



प्रतिक्रिया