Nepal Life

प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक, बैंकमा १ करोड ४६ लाख बचत

NMB Bank
  • BFIS News
  • 2026 Apr 12 22:07
प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक, बैंकमा १ करोड ४६ लाख बचत
United Ajod

काठमाडौं, आइतबार — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंकमा १ करोड ४६ लाख रुपैयाँ बचत रहेको खुलासा गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहले सामाजिक सञ्जालको मोनिटाइजेसनबाट उल्लेख्य आम्दानी गरेका छन्। उनले आफ्नो डिजिटल उपस्थितिलाई पनि सम्पत्तिका रूपमा उल्लेख गरेका छन्, जसमा फेसबुकमा ४ मिलियन फलोअर, युट्युबमा १.२ मिलियन सब्सक्राइबर तथा ट्विटरमा ५१० हजार फलोअर रहेका छन्।

सरकार गठन भएदेखि नै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै विभिन्न कोणबाट प्रश्न उठिरहेका थिए। सोही आलोचनाबीच आइतबार साँझ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक भएसँगै पारदर्शिता र जवाफदेहिताको विषयमा सकारात्मक सन्देश गएको विश्लेषकहरूले बताएका छन्। अन्य मन्त्रीहरूको विवरण पनि क्रमशः सार्वजनिक गरिएको जनाइएको छ।

सरकारले आगामी दिनमा पनि यस्ता विवरण नियमित रूपमा सार्वजनिक गर्दै सुशासन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया