Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन आजदेखि खुला

NMB Bank
  • BFIS News
  • 2026 Apr 09 11:42
युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन आजदेखि खुला
United Ajod

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले आज (चैत २६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

यस अनुसार कम्पनीले १०० कित्ता शेयर बराबर १० कित्ता (१०:१ अनुपातमा) हकप्रद शेयर जारी गर्नेछ। कुल २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरिनेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ साल बैशाख १६ गते तोकिएको छ।

कम्पनीले हकप्रद निष्काशनका लागि प्राप्त गरेको रेटिङअनुसार इक्रा नेपाल ले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमता मध्यम स्तरमा सुरक्षित रहेको संकेत गर्दछ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले उक्त क्यापिटलका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखाहरू, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया