कोइलाको अभावले हेटौँडा सिमेन्ट उद्योग पुनः ठप्प
- BFIS News
- 2026 Apr 16 13:33
काठमाडौं । कच्चा पदार्थको अभावका कारण हेटौँडा सिमेन्ट उद्योग ले पुनः उत्पादन बन्द गरेको छ। नियमित सञ्चालनमा फर्किएको करिब एक महिनामै उद्योग फेरि अवरुद्ध भएको हो।
उद्योगका अनुसार कोइलाको अभाव हुँदा बिहीबार बिहानदेखि सिमेन्ट उत्पादन रोकिएको हो। आवश्यक कच्चा पदार्थ नहुँदा उत्पादन प्रक्रिया निरन्तर सञ्चालन गर्न नसकिएको बताइएको छ।
कोइला आपूर्तिका लागि उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिद गर्न बोलपत्र आह्वान गरिसकेको जनाएको छ। उक्त कोइला करिब दुई साताभित्र उद्योगसम्म आइपुग्ने अपेक्षा गरिएको छ।
उद्योग प्रशासनका अनुसार कोइला प्राप्त भएपछि यसको गुणस्तर परीक्षण गरिनेछ। परीक्षणको नतिजाका आधारमा मात्र उत्पादन पुनः सुरु गर्ने समय तय गरिने जानकारी दिइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया