NIMB Header 2
Nepal Life

शेयर बजार १३२ दिन यताकै तल्लो विन्दुमा, बजार घट्ने समयमै राष्ट्र बैंकले गलत कदम लिदा लगानीकर्ता पेनिक

National Life
  • BFIS News
  • 2023 Oct 10 15:10
शेयर बजार १३२ दिन यताकै तल्लो विन्दुमा, बजार घट्ने समयमै राष्ट्र बैंकले गलत कदम लिदा लगानीकर्ता पेनिक
Sanima Reliance

काठमाडौं । शेयर बजार ४ महिना १० दिन यताकै तल्लो विन्दुमा झरेको छ । बजेटको समयमा शेयर बजार १८४९ अंकमा झरेको थियो । विगत १३२ दिनको अवधिमा सबैभन्दा तल्लो विन्दु १८४९ अंक पछि आजै १८८६.५० अंकमा तल झरेको छ ।

Shikhar
NIMB

सामान्ययता यो समय शेयर बजार घट्ने समय हो । यो समयमा आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिको व्याज र किस्ताको दवाव पर्ने गर्छ । त्यसमा पनि दशै तिहारको पुर्वार्धमा लगानीकर्ताले शेयर बजारबाटै खर्च जोहो गर्न खोजेका हुन्छन् । यसरी बजारमा चौतर्फी रुपमा दवाव परिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले लगानीकर्ताको शेयरधितो कर्जाको सिमाका विषयमा अलिकति मात्रै संबोधन गर्दा बजार थप पेनिक बनेको छ ।

आम लगानीकर्ताले शेयरधितो कर्जामा लगाउदै आएको सिमालाई पुर्ण रुपमा हटाउन माग राख्दै आएका थिए । यदि सिमा नहटाउने हो भने पनि ठुला लगानीकर्तालाई संबोधन हुने गरि ४०/५० करोडको सिमा बनाउन अनुरोध गरेका थिए । यस अवधिमा लगानीकर्ताले शक्तिकेन्द्रलाई धेरै नै अनुरोध गरे । तर गभर्नर महाप्रसाद अधिकारीले कसैको पनि दवावलाई मतलव गरेनन् ।

शेयर बजार बजेट अगाडीदेखिनै बढ्न खोजिरहेको थियो । तर बजेट, मौद्रिक नीतिले लगानीकर्तालाई संबोधन गर्न सकेन । विभिन्न किसिमका हल्लै हल्लामा शेयर बजार २२२७ अंकसम्म पुग्यो । तर बजार यस पछि लगातार ओरालो झर्ने क्रममा छ । यस साता मात्रै शेयर बजार ८० अंकले घटेको छ ।

किन बढ्न सकेन शेयर बजार ?

राष्ट्र बैंकको कदम सँग सँगै बजार घट्नुका अन्य कारण धेरै छन् । बजार विश्लेषक निरञ्जन टिवरेलालका अनुसार शेयर बजारलाई आमुल परिवर्तन गर्ने कुनै पनि कुराहरु आउन सकेको छैन । बजार सुधार हुनका लागि निक्षेप तथा कर्जाको व्याजदर देखिने गरि घट्नु पर्ने उनको विश्लेषण छ ।

अर्को तर्फ बैंक वित्तीय संस्थाको प्रतिफल दिने दरमा भारि गिरावट आइरहेको छ । बजारलाई मुभमेन्टम ल्याउनका लागि शेयर बजारमा ठुलो हिस्सा ओगटेको बैंक वित्तीय संस्थाको प्रोफिटाव्लिटीमा सुधार आउनु पर्ने टिवरेवालाको तर्क छ । उनले थपे ‘अहिले पनि शेयर बजारलाई बैंकले नै लिड गर्छ । बैंक वित्तीय संस्थालाई पछिल्लो समय सरकारको भुतप्रभावी कानुनी व्यवस्थाले प्रभावित पारेको छ ।’

सरकारले प्रिमियममा शेयर निष्काशन गर्ने तथा मर्जरका क्रममा वार्गेन पर्चेज गेनमा कर लगाउने सरकारको निर्णयले पनि अहिलेको बजारमा ठुलो अन्योलता छाएको उनको तर्क छ । यसले लाभांश वितरणमा ठुलो प्रभाव पार्ने उनको भनाइ छ । यि सबै कुराले शेयर बजारमा मुभमेन्टम ल्याउन सकेको छैन ।

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा मुनाफमा केहि बृद्धि हुने देखिन्छ । यसले गर्दा कार्तिकमा बैंकको शेयरमा केहि मुभमेन्टम आउने उनको विश्लेषण छ ।

अवको बजार कुन दिशामा अगाडी बढ्छ भन्ने कुरा पहिलो त्रैमाशिक अवधिमा बैंक वित्तीय संस्थाको मुनाफामा भर पर्छ । १६ वटा बैंक वित्तीय संस्थाले सर्वोच्चमा मुद्दा हालेका छन् । यदि सर्वोच्चले बैंकहरुको पक्षमा मुद्दा फैसला गरिदियो भने बजारले फेरी अर्को दिशा लिनेछ होइन सर्वोच्चले सरकारको पक्षमा मुद्दा फैसला गरिदियो भने बजारमा झन् ठुलो प्रभाव पार्नेछ जुन हामी कल्पना समेत गर्न सक्दैनौ । यसो भयो भने लगानीकर्ताको विश्वास नै गुमेर जाने टिवरेवालाको विश्लेषण छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया