NIMB Header 2
Nepal Life

घट्दो शेयर बजारमा प्रवेश गर्ने सुनौलो अवसर, पूँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु

National Life
  • BFIS News
  • 2023 Oct 10 21:09
घट्दो शेयर बजारमा प्रवेश गर्ने सुनौलो अवसर, पूँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु
Sanima Reliance

काठमाडौं । शेयर बजारको विशेषता नै घटबढ हुनु हो । बजार निरन्तर घटिरहदा लगानीकर्ता निराश हुनु स्वभाविक हो ।जसले लगानिकर्तालाई धेरै नै पिडा पुराउँछ। निरन्तर घटिरहेको बजारमा आत्तिएर धेरैले नराम्रा निर्णय पनि लिन्छन । 

Shikhar
NIMB

आफूले मिहिनेत र पसिनाले कमाएको पैसा लगानी गरेर घाटा हुँदा वा सोचे जस्तो प्रतिफल नपाउँदा पक्कै पनि हतोत्साहित भईन्छ । तर बजार घटबढ हुनु पनि एउटा सामान्य प्रकृया नै हो जुन हरेक बिश्व बजारका लगानीकर्ताले भोग्नु नै पर्छ। बढि रहेको बजारमा मान्छेले कमाउने धेरै उवसर देख्छन् र शेयर कारोवारमा बढी संलग्न हुन्छन् । यसकारण धेरै निर्णय पनि गलत हुन जान्छन । आफूलाई सन्तुलनमा राखेर राम्रो निर्णय लिन सके घटेको शेयर बजारमा पनि धेरै अवसर लुकेको हुन्छ ।

राम्रो कम्पनीका शेयर सस्तो मूल्यमा किन्ने अवसर

बजारमा जादा पसलमा सेल लागेको देख्दा त्यसले सबैलाई आकर्षित गर्छ । यस्तै घटेको बजारपनि लगानीकर्ताको लागी वास्तवमा सेल लागे जस्तै हो। राम्रा कम्पनी पहिचान गरी त्यस्ता कम्पनिको शेयर सस्तोमा आफ्नो पोर्टफोलियोमा सामेल गराउँने अवसर घटेको शेयर बजारमा हुन्छ ।

शेयर लगानीको एउटा शुत्रनै कम मूल्यमा किनेर धेरैमा बेच्ने हो । बजारले फेरी बढ्ने गति लिएपछि राम्रा कम्पनीका शेयर मुल्य चुलिदै जान्छन् । यस कारण राम्रो कम्पनीको शेयर किनेर आफ्नो घाटालाई बराबर गरेर लामो समयमा फाईदा लिन सकिन्छ । राम्रो कम्पनी पहिचान गर्न तपाईले थुप्रै बित्तिय अनुपातहरु (जस्तै EPS, PE Ratio, ROE, ROA) आदिको प्रयोग गर्न सकिन्छ ।

अध्ययन गरेर नराम्रा कम्पनी पत्ता लगाउने अवसर

बजार बियरिस ट्रेन्डमा भएको बेला राम्रा र नराम्रा कम्पनिका शेयर दुवै तल झर्छन। तर राम्रो बित्तिय प्रतिवेदन, बलियो आधारभुत सुचांक र लगानीकर्तालाई सन्तुष्ट हुने गरी लाभांश दिने कम्पनीहरुको मूल्यमा पक्कै पनि कम गिरावट आउँछ र लगानीकर्ता पनि यस्ता शेयर नबेची थामिएर बस्न सक्छन्। बितिय सुचकको आधारमा कमजोर  भएका कम्पनीहरुले बजारको उच्च गिरावटलाई प्रतिरोध गर्न सक्दैनन्। यसकारण बियरिस मार्केटले नराम्रो कम्पनीको शेयर बेचेर राम्रा कम्पनीमा लगानी गर्ने अवसर दिन्छ। कम्पनीका आधारभूत सुचांकको ग्यान बिना कुनै पनि निर्णय लिदा त्यसको परिणाम ठीक हुदैन।

घटेको शेयर बजारले तपाईलाई धेरै नै कुरा सिकाउँछ र यस समयमा धैर्य र ब्याकुल नभई आफ्नो मस्तिष्कमा नियन्त्रण राखेर राम्रो निर्णय लिएमा तपाईले धेरे भन्दा धेरै फाइदा लिन सकिन्छ । 

आफ्नो पोर्टफोलियो अझ बलियो बनाउने

तपाईको पोर्टफोलियोले लामो समय देखि राम्रो प्रतिफल दिदै आएको छ र तपाई आफ्नो पोर्टफोलियो प्रति विश्वस्त हुनुहुन्छ भने बजार घट्दा तपाईको लागी सुनौलो अवसर सिर्जना हुन्छ। यो बेलामा तपाईले आफ्नो पोर्टफोलियोलाई अझै बलियो बनाउन सक्नुहुन्छ। घटेको मूल्यमा शेयर किन्दा तपाईको पुरानो शेयरको औसत खरिद मुल्य घट्न जान्छ। यसले गर्दा तपाईको शेयरको औसत मूल्य त्यसको औसत खरिद मूल्य भन्दा बढी हुने सम्भावना अझै बढ्छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर बजारका लगानीकर्ताले निम्न कुराहरुलाई विशेष ध्यान दिएर लगानी गरेमा पछुताउनु पर्दैन ।

१. प्रतिकुल परिस्थिति

सचेत लगानीकर्ताले क्रयशक्तिमा मुद्रास्फीतिले पार्ने प्रभाव बारे बुझेको हुनुपर्छ । उसलाई लगानीमा प्राप्त हुने वास्तविक प्रतिफल दर बारे जानकारी हुनुपर्छ ।

निरन्तर मुद्रास्फीतिको वातावरणले विभिन्न किसिमका लागानीमा पार्ने प्रभावको जानकारी तथा विश्लेषण लगानीकर्ताले गर्नुपर्छ ।

अप्रत्याशित घटनाबाट हुने नोक्सानीबाट बच्नका लागि गरिने लगानी विविधीकरणको महत्वलाई लगानीकर्ताले बुझेको हुनुपर्छ ।

लगानीकर्ताले प्रतिकुल अवस्थाका लागि पर्याप्त आपतकालीन कोषको व्यवस्था गरेको हुनुपर्छ ।

सबै किसिमका लगानीमा जोखिम हुन्छ भन्ने लगानीकर्ताले बुझेको हुनुपर्छ ।

जोखिम व्यवस्थापन गर्ने, मुद्रास्फीतिको प्रभाव कम गर्ने र चर्को ब्याजको ऋणबाट बच्ने रणनीति तथा योजना लगानीकर्तासँग हुनुपर्छ ।

२. दिगो लगानी

दीर्घकालीन लगानी तथा लगानी विविधिकरणले प्रतिकुल आर्थिक अवस्था र बजार उतारचढावहरू बाट पार पाउन मद्दत गर्छ ।

वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार क्षेत्र तथा संस्थामा गरिएको वित्तीय लगानी दीगो हुन्छ भन्ने जानकारी लगानीकर्तालाई हुनुपर्छ ।

धितोपत्र निष्कासनकर्ताले प्रकाशित गर्ने विवरणहरुबाट उक्त संस्था वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार हो कि होइन भन्ने थाहा पाउन सकिन्छ ।

धितोपत्र निष्कासनकर्ता र लगानीकर्ताको लगानी लक्ष्य, उद्देश्य, जोखिम वहन गर्ने क्षमता र प्राथमिकताहरू मेल खान्छ कि खादैन विचार गर्नुपर्छ ।

लगानीको अवसर फरक फरक हुन्छन त्यसमध्ये आफुलाई कुन उपयुक्त हो लगानीकर्ताले छुट्याउन सक्नुपर्छ ।

३. जालसाँजी, अपराध तथा ठगी

लगानीकर्ताले कारोबार गर्ने संस्था इजाजतपत्र प्राप्त हो कि होइन बुझ्नुपर्छ ।

लगानी गर्नु अघि स्वतन्त्र रूपमा लगानीका अवसरहरूको अनुसन्धान गर्नुपर्छ ।

छिटो धनी बन्ने, कहिल्यै नोक्सान नहुने, नाफाको ग्यारेन्टी गर्नेहरुको पछि लगानीकर्ता लाग्नुहुदैन ।

हतारमा लगानीको निर्णय गर्नु हुदैन ।

अपरिचितले गर्ने फोन, इमेल वा अन्य माध्यमबाट सम्पर्क गर्दा आफ्ना सबै कुरा खुलाउनु हुदैन ।

आफ्ना वित्तीय सूचना भएका मोबाइल, कम्प्युटर लगायतका उपकरणमा बलियो गरी पासवर्ड राखेको हुनुपर्छ ।

सामाजिक सञ्जाल मार्फत आउने लगानीका प्रस्तावको पछि लाग्नुहुदैन ।

इन्टरनेटमा पाइने कुनै पनि लगानी सम्बन्धी जानकारीको राम्ररी जाँचबुझ गर्नुपर्छ ।

४. लगानीका आधारभुत पक्ष

लगानीकर्ताले दीर्घकालीन, नियमित र लगानी विविधकरणको फाइदालाई बुझुन्पर्छ ।

लगानीकर्ताले आफ्नो भविष्यको आवश्यकता र लक्ष्य अनुसारको लगानी योजना बनाउनुपर्छ ।

के मा लगानी गर्दैछु ? भन्ने कुरा लगानीकर्ताले बुझेको हुनुपर्छ ।

कुन क्षेत्रमा लगानी गर्दा कति शुल्क लाग्छ ? त्यसले लगानी प्रतिफलमा कस्तो प्रभाव पार्छ ? लगानीकर्ताले थाहा पाउनु पर्छ ।

लगानीका प्रकृया लगायत लगानीसम्बनधीत विद्यमान ऐन, कानुन लगायतका विषयमा लगानीकर्ता जानकार हुनुपर्छ ।

लगानीकर्ताले धितोपत्र हस्तान्तरण र रकम भुक्तानी तोकिएको समयमा नै गर्नुपर्छ ।

बाजारमा सुनीने हल्लालाई लगानीको एक मात्र आधार बनाउनु हुदैन ।

५. प्राविधिक पक्ष

वर्तमान द्रुत प्रविधिको लगानी वातावरणमा पनि समय लिएर लगानी सम्बन्धी निर्णय गर्नुपर्छ ।

वित्तीय लगानीमा डिजिटल प्रविधिको उपयोग गर्दा हुनसक्ने जोखिमहरु के के हुन थाहा पाउनुपर्छ ।

लगानीकर्ताले सूचनाको आधिकारिक स्रोत कुन हो? कुन होइन ? भन्ने छुटयाउन सक्नुपर्छ ।

द्रुत गतिको प्रविधिको प्रभावमा परेर गर्न सकिने गलत लगानी निर्णय प्रति सधैं सचेत हुनुपर्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया