सामाजिक सुरक्षा कोषमा घर किन्नका लागि ऋण सीमा बढ्यो, अब १ करोड ५० लाखसम्म पाइने
- BFIS News
- 2026 Apr 22 16:10
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घर किन्न सहयोग पुर्याउने उद्देश्यले प्रदान गर्दै आएको आवास ऋणको सीमा उल्लेखनीय रूपमा बढाएको छ। कोषले अब अधिकतम १ करोड ५० लाख रूपैयाँसम्म ऋण उपलब्ध गराउने निर्णय गरेको हो।
यसअघि यस्तो कर्जा सुविधा अन्तर्गत अधिकतम ७५ लाख रूपैयाँसम्म मात्र ऋण दिइँदै आएको थियो। नयाँ व्यवस्था अनुसार बढाइएको सीमा यही वैशाख ४ गतेदेखि लागू गरिएको कोषले जनाएको छ।
कोषका अनुसार आवास कर्जा वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ, जसले योगदानकर्तालाई तुलनात्मक रूपमा सस्तो दरमा घर किन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
योगदानकर्ताले आफ्नो धितोको अवस्था तथा मासिक किस्ता तिर्न सक्ने क्षमताका आधारमा कर्जा लिन सक्ने व्यवस्था गरिएको छ। यसले आय अनुसार ऋण लिन लचकता प्रदान गर्ने कोषको भनाइ छ।
हाल कोषले योगदानकर्ताका लागि चार शीर्षक अन्तर्गत ऋण सुविधा प्रदान गर्दै आएको छ। तीमध्ये घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी तथा योगदानकर्ता विशेष सापटी समावेश छन्।
कोषको यो निर्णयले विशेषगरी घर बनाउन वा किन्न चाहने योगदानकर्ताहरूलाई थप राहत पुग्ने विश्वास गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया