NIMB Header 2
Nepal Life

टिएमएसमा कृतिम माग गर्नेलाई कडाइ, २५% कोल्याट्रल अनिवार्य, नियम उल्लंघनमा कारबाहीको चेतावनी

NMB Bank
  • BFIS News
  • 2026 Apr 29 18:47
टिएमएसमा कृतिम माग गर्नेलाई कडाइ,  २५% कोल्याट्रल अनिवार्य, नियम उल्लंघनमा कारबाहीको चेतावनी
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारमा अनुशासन कायम गर्न सबै शेयर ब्रोकरहरूलाई खरिद आदेश प्रविष्ट गर्ने सीमासम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। नेप्सेले जारी गरेको सूचनामा लगानीकर्ताको वास्तविक ‘Collateral Limit’ भन्दा बढी रकममा खरिद आदेश प्रविष्ट गर्ने तथा कृत्रिम माग सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्देशन दिइएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

नेप्सेका अनुसार केही कारोबार सदस्यहरूले प्रचलित नियम विपरीत लगानीकर्ताको वास्तविक क्षमताभन्दा बढी खरिद आदेश प्रविष्ट गर्न दिने, अस्थायी आदेश राखेर बजारमा माग उच्च देखाउने जस्ता कार्यहरू गरेको पाइएको छ। यस्ता गतिविधिले बजारमा नकारात्मक प्रभाव पार्ने भएकाले कडाइ गरिएको सूचनामा उल्लेख छ।

सूचनाअनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ (१) अनुसार ब्रोकरले कुनै पनि खरिद आदेश कार्यान्वयन गर्दा लाग्ने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित ग्राहकबाट अग्रिम रूपमा लिनुपर्नेछ। यस व्यवस्थाको पालना नगरेमा सम्बन्धित पक्षलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

त्यसैगरी, लगानीकर्ताको ‘Collateral Limit’ भन्दा बढी रकममा खरिद वा बिक्री आदेश प्रविष्ट गरी पछि रद्द गर्ने उद्देश्यले आदेश राख्ने कार्य नगर्न/नगराउन पनि नेप्सेले स्पष्ट निर्देशन दिएको छ।

नेप्सेको यो कदमले बजारमा कृत्रिम उतारचढाव नियन्त्रण गर्नुका साथै लगानीकर्ताको हित संरक्षण र पारदर्शिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया