NIMB Header 2
Nepal Life

चार वर्षे नियुक्ति विवादपछि सीडीएससीमा नेतृत्व परिवर्तन

NMB Bank
  • BFIS News
  • 2026 Apr 27 13:26
चार वर्षे नियुक्ति विवादपछि सीडीएससीमा नेतृत्व परिवर्तन
United Ajod
Shikhar
Nepal Life
NIMB

आइतबार बसेको सीडीएससी सञ्चालक समितिको बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णय कार्यान्वयन गर्ने औपचारिक निर्णय गरेको हो। सोही निर्णयसँगै सापकोटालाई कामु प्रमुखको जिम्मेवारी सुम्पिएको हो। उनी हालसम्म कम्पनीको प्रशासन तथा मानव संसाधन विभाग प्रमुखका रूपमा कार्यरत थिइन्।

यसअघि, तत्कालीन नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की ले आफ्नो कार्यकाल सकिनुअघि २०८१ पुस १४ गते प्रवीण पन्दाकलाई चार वर्षका लागि सीडीएससीको प्रबन्ध सञ्चालक नियुक्त गरेका थिए। खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने प्रावधानविपरीत अन्तिम समयमा गरिएको दीर्घकालीन नियुक्तिलाई नीतिगत रूपमा विवादास्पद मानिएको थियो।

नियमअनुसार अस्थायी वा निमित्त रूपमा जिम्मेवारी दिनुपर्ने पदमा सिधै चार वर्षे कार्यकाल तोकिएको विषयमा नेप्सेको वर्तमान नेतृत्वले प्रश्न उठाएको थियो। त्यसपछि नेप्से सञ्चालक समितिले पन्दाकलाई उक्त जिम्मेवारीबाट हटाई पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको थियो।

सीडीएससी सञ्चालक समितिले नेप्सेको निर्णयलाई औपचारिक रूपमा स्वीकृति दिएसँगै पन्दाक अब नेप्सेमै आफ्नो अघिल्लो जिम्मेवारीमा फर्किनेछन्।

यससँगै सीडीएससीमा स्थायी नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ। हालका लागि कञ्चन सापकोटाले संस्थाको प्रशासनिक तथा कार्यकारी नेतृत्व सम्हाल्नेछिन् भने नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया छिट्टै अघि बढ्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया