NIMB Header 2
Nepal Life

सुन–चाँदीको मूल्य घट्यो, प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 05 12:12
सुन–चाँदीको मूल्य घट्यो, प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार
IME LIFE

काठमाडौं, बैशाख २२ — नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। पछिल्लो समय लगातार उतारचढाव देखिँदै आएको बहुमूल्य धातुको मूल्य आज उल्लेख्य रूपमा घटेको हो।

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा माग आपूर्तिको अवस्थाले पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन्।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया