NIMB Header 2
Nepal Life

विवाहेत्तर सम्बन्धका कारण सरिता तिवारीको हत्या, आरोपी पक्राउ

NMB Bank
  • BFIS News
  • 2026 May 06 13:46
विवाहेत्तर सम्बन्धका कारण सरिता तिवारीको हत्या, आरोपी पक्राउ
United Ajod

काठमाडौँ । तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारी हराएको ११ दिनपछि शिवपुरी जंगलमा मृत अवस्थामा फेला परेपछि घटनाबारे चकित पार्ने तथ्य बाहिर आएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा विवाहेत्तर सम्बन्धका कारण उनको हत्या गरिएको निष्कर्ष निकालेको छ।

Shikhar
Nepal Life
NIMB

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, टोखा नगरपालिका–२ का अनिल डङ्गोलले सरितासँग रहेको एक वर्षदेखिको प्रेम सम्बन्ध स्वीकार गर्दै हत्या गरेको बताएका छन्। सरिता वैशाख १२ गतेदेखि तारकेश्वर–३, तीनपिप्लेबाट हराएकी थिइन्। बजार जान्छु भनी निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन्।

परिवारले वैशाख १२ गते नै खोजतलासका लागि जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। खोजीका क्रममा मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा उनको शव उत्खनन गरिएको हो। उनी जितपुर फेदीकी स्थायी बासिन्दा हुन्।

पारिवारिक स्रोतका अनुसार, मृतकका पति शंकर तिवारी र आरोपी डङ्गोलबीच लामो समयदेखि घनिष्ठ मित्रता थियो। सोही क्रममा घरआवतजावत हुँदा डङ्गोल र सरिताबीच चिनजान बढ्दै प्रेम सम्बन्धमा परिणत भएको बताइएको छ। शंकर तिवारी टेलीसिरियलमा काम गर्ने तथा फुर्सदमा कृषिमा व्यस्त रहने गर्दथे, जसका कारण सरिता प्रायः डङ्गोलसँग रहने गरेको उल्लेख छ।

परिवारका सदस्यका अनुसार, यस सम्बन्धबारे शंकरलाई माघ–फागुनतिर मात्र थाहा भएको थियो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सरिता निर्वाचन प्रहरीमा खटिएकी थिइन्। त्यसबेला घर नफर्किने र खोजी गर्दा डङ्गोलसँग भेटिने घटनाले शंका उत्पन्न भएको थियो।

समाजमा सम्बन्धबारे चर्चा बढेपछि सरिताले आफू अप्ठ्यारोमा परेको भन्दै डङ्गोललाई जिम्मेवारी लिन दबाब दिएकी थिइन्। यही कारणले विवाद बढ्दै गएर अन्ततः हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीका अनुसार, टोखा नगरपालिका–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले दिएको सूचनाका आधारमा डङ्गोललाई पक्राउ गरिएको हो। पक्राउपछि उनले हत्या गरी शव शिवपुरी जंगलमा गाडेको स्थान देखाएका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया