NIMB Header 2
Nepal Life

नेपाली बजारमा सुन सस्तो, चाँदीको मूल्यमा सामान्य वृद्धि

IME LIFE
  • BFIS News
  • 2026 May 10 11:52
नेपाली बजारमा सुन सस्तो, चाँदीको मूल्यमा सामान्य वृद्धि
United Ajod

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

Nepal Life
NIMB

अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला एक हजार रुपैयाँले घट्दा चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया