NIMB Header 2
Nepal Life

सरकारी बैंकका अध्यक्षहरूको राजीनामा, राष्ट्रिय वाणिज्य बैंकका सबै सञ्चालक बाहिरिए

NMB Bank
  • BFIS News
  • 2026 May 07 18:12
सरकारी बैंकका अध्यक्षहरूको राजीनामा, राष्ट्रिय वाणिज्य बैंकका सबै सञ्चालक बाहिरिए
United Ajod

काठमाडौं । तीनवटै सरकारी बैंकका सञ्चालक समिति अध्यक्षले राजीनामा दिएका छन्। कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल तथा नेपाल बैंकका अध्यक्ष प्राध्यापक डा. डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका हुन्।

Shikhar
Nepal Life
NIMB

यससँगै राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सञ्चालक समिति सदस्यले पनि राजीनामा दिएका छन्। बैंकको सञ्चालक समितिमा थानप्रसाद पंगेनी, लक्ष्मण घिमिरे, प्राध्यापक डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, सूर्यबहादुर राना तथा हरिकुमार सिलवाल सदस्य रहेका थिए।

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले तीनवटै बैंकका अध्यक्षलाई मन्त्रालयमा बोलाएर राजीनामा दिई सरकारलाई सहयोग गर्न आग्रह गरेको थियो। त्यसपछि उनीहरूले पद त्याग गरेका हुन्।

देवकुमार ढकाल नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा कार्यरत थिए। उनलाई सरकारले गत साउन २ गते राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्त गरेको थियो। त्यसैगरी, प्राध्यापक डा. डिल्लीराज शर्मा गत भदौ १८ गते नेपाल बैंकमा स्वतन्त्र सञ्चालक नियुक्त भएका थिए भने दुई दिनपछि अध्यक्ष बनेका थिए।

कृषि विकास बैंकका डिमप्रसाद पौडेललाई सरकारले गत भदौ १९ गते सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो। त्यसपछि उनलाई बैंकको अध्यक्षको जिम्मेवारी दिइएको थियो।

सरकारले वैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्दै विभिन्न राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेशमार्फत १०८ वटा निकायका १५९४ पदाधिकारीको नियुक्ति खारेज गरिएको सरकारले जनाएको छ।

यद्यपि, सरकारले नेपाल राष्ट्र बैंक ऐनलाई अध्यादेशमा समावेश नगरेकाले बैंकिङ क्षेत्रका केही नियुक्ति सुरक्षित रहेका छन्। यसैबीच, सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल लाई भने यथावत् राखेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया