दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प
- BFIS News
- 2026 May 10 12:50
काठमाडौं । दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको जनाएको छ।
केन्द्रका अनुसार बिहान ११ः५५ बजे भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का दार्चुला र आसपासका क्षेत्रमा महसुस गरिएको बताइएको छ।
हालसम्म भूकम्पका कारण कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया