कम्युनिष्ट आन्दोलनविरुद्ध देशी–विदेशी शक्तिको रणनीति रहेको दाहालको दाबी
- BFIS News
- 2026 May 10 15:46
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यसहित देशी तथा विदेशी शक्तिहरू सक्रिय रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित २६ औं निर्मल लामा स्मृति दिवस कार्यक्रममा बोल्दै दाहालले यस्तो गतिविधि “ठूलो योजनाअन्तर्गत” भइरहेको दाबी गरे। उनले यो अवस्थालाई स्वीकार गरी अघि नबढिए श्रमजीवी वर्गप्रति अन्याय हुने टिप्पणी गरे।
दाहालका अनुसार कम्युनिष्ट आन्दोलनभित्रका कमजोरीको आत्मसमीक्षा गरेर सुधार नगरे आन्दोलनले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने अवस्था आउन सक्छ। उनले कम्युनिष्ट दलहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै आन्दोलनलाई पुनः संगठित रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा बोल्दै उनले भने, “कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू योजनाबद्ध रूपमा लागेका छन्। यसलाई स्वीकार गर्ने साहस भएन भने श्रमजीवी वर्ग र उनीहरूको आकांक्षाप्रति अन्याय हुने खतरा रहन्छ। पहिले आफ्नै कमजोरीको समीक्षा गरेर सुधार गर्नु र समग्र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरी नयाँ ढंगले अघि बढाउनु आवश्यक छ।”
उनले नेपाली जनताले कम्युनिष्ट शक्तिहरू एकताबद्ध भएर अघि बढेको देख्न चाहेको पनि बताएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया