NIMB Header 2
Nepal Life

जीवन बीमाको महत्व र यस क्षेत्रका चुनौती, बासुदेव त्रिपाठीको विचार

NMB Bank
  • बासुदेव त्रिपाठी
  • 2026 May 10 18:57
जीवन बीमाको महत्व र यस क्षेत्रका चुनौती, बासुदेव त्रिपाठीको विचार
United Ajod

काठमाडौं। जीवन मानव अस्तित्वको अमूल्य उपहार हो। मानिस चाहे सामान्य आर्थिक अवस्था भएको परिवारबाट होस्, मध्यम वर्गीय होस् वा सम्पन्न परिवारबाट, परिवारप्रतिको जिम्मेवारी र दायित्व सबैका लागि समान रूपमा महत्वपूर्ण हुन्छ। जीवनको हरेक चरणमा अनिश्चितता र जोखिम जोडिएको हुन्छ, जसले गर्दा आर्थिक सुरक्षा आजको आवश्यकता बनेको छ।

Shikhar
Nepal Life
NIMB

आधुनिक जीवनशैली, बढ्दो व्यस्तता, अस्वस्थ खानपान तथा तनावका कारण मानिसको स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिन थालेका छन्। शरीरका महत्वपूर्ण अङ्गले कहिले काम गर्न छाड्छन् भन्ने निश्चित हुँदैन। उपचारका लागि लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आउँदा धेरै परिवार ऋण वा सम्पत्ति बेच्न बाध्य हुन्छन्। यस्तो आर्थिक संकटबाट परिवारलाई सुरक्षित राख्ने प्रभावकारी माध्यम जीवन बीमा हो।

जीवन बीमाले दीर्घरोग उपचार खर्चदेखि दुर्घटना मृत्यु सुरक्षा सुविधासम्म प्रदान गर्दै परिवारलाई आर्थिक सहारा दिन्छ। साथै, युवावस्थामा गरिएको सानो–सानो बचतलाई वृद्धावस्थामा बोनससहित एकमुष्ट रकम वा पेन्सनका रूपमा प्राप्त गर्न सकिने भएकाले जीवन बीमा दीर्घकालीन आर्थिक योजनाको महत्वपूर्ण आधार बनेको छ। त्यसैले हरेक नेपालीका लागि जीवन बीमा आवश्यक मानिन्छ।

तर, पछिल्लो समय यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा र अपरिपक्व तथा गैर–व्यावसायिक व्यक्तिहरूको सहभागिताले केही विकृति देखिन थालेका छन्। यस्ता समस्या समाधान गर्न बीमा प्राधिकरण, जीवन बीमा कम्पनीहरू तथा सम्बन्धित पेशागत संस्थाहरूले समयमै प्रभावकारी कदम चाल्न आवश्यक छ।

हाल नेपालमा सबैभन्दा बढी गरिने बीमा निर्जीवन बीमा हो। घर, गाडी, मोटरसाइकल, बाली तथा पशुपन्छीको बीमा अनिवार्यजस्तै बनाइएको छ। तर जोखिम पर्दा बीमाबापतको रकम सहज रूपमा प्राप्त नहुने, अनावश्यक झन्झट व्यहोर्नुपर्ने तथा भुक्तानी प्रक्रियामा ढिलाइ हुने कारणले आम नागरिकमा बीमाप्रति नकारात्मक धारणा बन्न पुगेको छ। यसको असर जीवन बीमाप्रतिको आकर्षणमा समेत देखिएको छ।

त्यसैले बीमा प्राधिकरणले निर्जीवन बीमाको दाबी भुक्तानी प्रक्रिया सरल, पारदर्शी र सहज बनाउन विशेष पहल गर्नुपर्छ। बीमितले सहज रूपमा सेवा पाउने वातावरण बनेमा आम नागरिकको बीमाप्रतिको विश्वास बढ्नेछ र जीवन बीमा व्यवसाय पनि थप विस्तार हुने अपेक्षा गर्न सकिन्छ।

(बासुदेब त्रिपाठी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको मेघा एजेन्सी मेनेजर हुन्।)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया