बजाजको एक्सचेन्ज कार्निभल भृकुटीमण्डपमा सुरु, नयाँ मोटरसाइकल खरिदमा छुट सुविधा
- BFIS News
- 2026 May 12 11:32
काठमाडौं । Hansraj Hulaschand & Company ले बजाज मोटरसाइकलका ग्राहकलाई लक्षित गर्दै ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सञ्चालनमा ल्याएको छ।
काठमाडौंको Bhrikutimandap मा सुरु भएको उक्त कार्निभल जेठ ३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कार्यक्रममा पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विभिन्न सुविधा उपलब्ध गराइनेछ। पुराना सवारीसाधनको मूल्याङ्कनका लागि २२ जना मूल्याङ्कनकर्ता परिचालन गरिएको जनाइएको छ।
कार्निभल अवधिमा नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकले अधिकतम एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले उल्लेख गरेको छ।
यसका अतिरिक्त ग्राहकलाई वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा सेवा शुल्कमा छुटसमेत उपलब्ध गराइने जानकारी दिइएको छ।
कम्पनीका अनुसार पुराना सवारीसाधनको उचित मूल्य सुनिश्चित गर्दै नयाँ मोटरसाइकल खरिदलाई सहज बनाउन कार्यक्रम आयोजना गरिएको हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया