NIMB Header 2
Nepal Life

जीवन बीमा कम्पनीहरूको नाफा ५.४१ प्रतिशतले घट्यो, रिलायबल लाइफ सबैभन्दा बढी नाफामा

NMB Bank
  • BFIS News
  • 2026 May 15 15:15
जीवन बीमा कम्पनीहरूको नाफा ५.४१ प्रतिशतले घट्यो, रिलायबल लाइफ सबैभन्दा बढी नाफामा
United Ajod

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूको समग्र नाफामा गिरावट देखिएको छ।

Shikhar
Nepal Life
NIMB

१४ जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल खुद नाफा ५.४१ प्रतिशतले घटेको हो।

सार्वजनिक विवरणअनुसार चालु आवको नौ महिनामा जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ५९ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा Reliable Nepal Life Insurance Limited सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ। कम्पनीले ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सबैभन्दा बढी नाफा आर्जन गर्ने Nepal Life Insurance Company Limited लाई यस वर्ष रिलायबलले उछिनेको हो।

नाफा वृद्धि गर्ने कम्पनीहरूमध्ये Life Insurance Corporation Nepal Limited को नाफामा सबैभन्दा उच्च वृद्धि देखिएको छ। कम्पनीको नाफा ३५.७६ प्रतिशतले बढेर ३२ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यसैगरी, SuryaJyoti Life Insurance Company Limited को नाफा ११.७० प्रतिशतले बढेर ३३ करोड ३ लाख रुपैयाँ पुगेको छ। Asian Life Insurance Company Limited को नाफा ३.७६ प्रतिशतले वृद्धि भई ३४ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने Sun Nepal Life Insurance Company Limited ले ३४ करोड रुपैयाँ नाफा कमाएको छ।

यसैगरी, National Life Insurance Company Limited, Prabhu Mahalaxmi Life Insurance Limited, Sanima Reliance Life Insurance Limited, Citizen Life Insurance Company Limited तथा IME Life Insurance Company Limited ले पनि सामान्य नाफा वृद्धि गरेका छन्।

यता चार जीवन बीमा कम्पनीहरूको नाफा भने घटेको छ। Rastriya Jeevan Beema Company Limited को नाफामा सबैभन्दा धेरै गिरावट देखिएको छ। कम्पनीको नाफा ५० प्रतिशतले घटेर ४० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ८० लाख रुपैयाँ नाफा कमाएको थियो।

Himalayan Life Insurance Limited को नाफा ४४.६७ प्रतिशतले घटेर २६ करोड १४ लाख रुपैयाँमा झरेको छ। गत वर्ष कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तै, Nepal Life Insurance Company Limited को नाफा २७.४२ प्रतिशतले घटेर ४५ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ६२ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। MetLife Nepal को नाफामा पनि १२.३४ प्रतिशतले कमी आएको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया