NIMB Header 2
Nepal Life

एनआईसी एसिया बैंकले लिलाम सम्पत्तिको विवरण अनलाइन पोर्टलमार्फत उपलब्ध गराउने

NMB Bank
  • BFIS News
  • 2026 May 15 15:36
एनआईसी एसिया बैंकले लिलाम सम्पत्तिको विवरण अनलाइन पोर्टलमार्फत उपलब्ध गराउने
United Ajod

काठमाडौं । NIC Asia Bank Limited ले लिलाम बिक्रीमा रहेका बैंकिङ तथा गैरबैंकिङ सम्पत्तिसम्बन्धी जानकारी उपलब्ध गराउन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले आफ्नो नाममा रहेका सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको विवरण डिजिटल माध्यमबाट सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको जनाएको हो।

बैंकका अनुसार पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिको विस्तृत विवरण हेर्न सकिनेछ। प्रकाशित सूचनामा समावेश क्यूआर कोड स्क्यान गरी प्रयोगकर्ताले सम्बन्धित सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसमेतको जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, खरिदमा रुचि राख्ने व्यक्तिले सम्बन्धित सम्पत्तिबारे थप जानकारी आवश्यक परे पोर्टलमा उपलब्ध सन्देश प्रणालीमार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ। त्यसका लागि नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सन्देश पठाउन सकिने सुविधा राखिएको छ।

बैंकले उक्त पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणअन्तर्गत लिलाममा रहेका सम्पत्तिसम्बन्धी सूचना अद्यावधिक गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया