मेदांता अस्पतालमा एनएमबि बैंकका कार्डवाहकलाई विशेष स्वास्थ्य सेवा छुट
- BFIS News
- 2026 May 18 21:08
काठमाडौं । एनएमबी बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित Medanta Hospital मा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको जनाएको छ ।
बैंकका अनुसार यस सहकार्यअन्तर्गत ग्राहकहरूले मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट सुविधा प्राप्त गर्न सक्नेछन् । ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
ग्राहकहरूको स्वास्थ्य तथा सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप सुविधा प्रदान गर्ने उद्देश्यले उक्त सहकार्य अघि बढाइएको एनएमबि बैंकले उल्लेख गरेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया