सुनको मूल्य तीन लाख नाघ्यो, चाँदी पनि महँगियो
- BFIS News
- 2026 May 12 11:25
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ।
लगातार बढिरहेको सुनको भाउ यस दिन प्रतितोला तीन लाख रुपैयाँ नाघेको हो। सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ।
Federation of Nepal Gold and Silver Dealers' Association का अनुसार मंगलबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसअनुसार एकै दिन सुनको मूल्य प्रतितोला चार हजार ४०० रुपैयाँले बढेको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ३४० रुपैयाँ थियो। एकै दिन चाँदीको मूल्य प्रतितोला ३५५ रुपैयाँले वृद्धि भएको देखिएको छ।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य वृद्धि भइरहेका बेला त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया