कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो १२० रुपैयाँ, तरकारी तथा फलफूलको नयाँ थोक मूल्य सार्वजनिक
- BFIS News
- 2026 May 21 09:03
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सूची सार्वजनिक गरेको छ।
समितिले विभिन्न तरकारी, फलफूल, मसला तथा माछाजन्य वस्तुको अधिकतम थोक मूल्य निर्धारण गरेको हो।
समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ र भारतीय गोलभेँडा ८० रुपैयाँ कायम गरिएको छ। सानो लोकल गोलभेँडा ५५ रुपैयाँ, भारतीय सानो गोलभेँडा ६० रुपैयाँ तथा टनेल गोलभेँडा ७८ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। रातो आलु २५ देखि ३२ रुपैयाँ प्रतिकिलो र भारतीय सुकेको प्याज ३७ रुपैयाँमा कारोबार हुने जनाइएको छ।
हरियो तरकारीतर्फ स्थानीय गाजर ६० रुपैयाँ, बन्दा ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ तथा हाइब्रिड सेतो मूला ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ। भन्टा ४५ देखि ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
सिमी तथा अन्य मौसमी तरकारीमध्ये मकै बोडी ९० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, भटमासको कोसा १३० रुपैयाँ र तीते करेला ६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। लौका, चिचिन्डो, घिरौँला र हरियो फर्सीको मूल्य ३५ देखि ४५ रुपैयाँ प्रतिकिलोको हाराहारीमा रहेको छ।
सागपाततर्फ पालुङ्गो र चमसुरको साग प्रतिकिलो १२० रुपैयाँ तथा मेथीको साग ११० रुपैयाँ निर्धारण गरिएको छ। हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो कायम हुँदा हरियो धनियाँको मूल्य पनि १२० रुपैयाँ प्रतिकिलो तोकिएको समितिले जनाएको छ।
च्याउतर्फ कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, झोले स्याउ २३० रुपैयाँ, अनार ४५० रुपैयाँ तथा हरियो अङ्गुर ३२० रुपैयाँ निर्धारण गरिएको छ। मालभोग केरा प्रतिदर्जन २२० रुपैयाँ र नेपाली केरा २०० रुपैयाँ तोकिएको छ। तरबुजा प्रतिकिलो ३८ रुपैयाँ तथा एभोकाडो ८०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
मसलाजन्य वस्तुमध्ये अदुवा १८० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ तथा चाइनिज सुकेको लसुन १९० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यसैगरी माछातर्फ रहु माछा प्रतिकिलो ३३० रुपैयाँ, बचुवा माछा ३१० रुपैयाँ तथा छडी माछा २६० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)

.jpg)




प्रतिक्रिया