रसुवाबाट ३६ लाखभन्दा बढी मूल्यका १ हजार २२५ भेप बरामद, ८ जना पक्राउ
- BFIS News
- 2026 May 21 15:04
काठमाडौँ । रसुवा प्रहरीले ठूलो परिमाणमा भेप (विद्युतीय चुरोट) बरामद गर्दै आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित दालफेदीबाट १ हजार २२५ थान भेप बरामद गरेको जनाएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले गएराति करिब १ः३० बजे मम्माया तामाङको घरमा छापा मारेको थियो । चेकजाँचका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र रहेका ६ वटा कार्टुनबाट भेप बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको भेपको अनुमानित मूल्य करिब ३६ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा रसुवाका मम्माया तामाङ, राजकुमार तामाङ र छोमाया तामाङ पक्राउ परेका छन् । त्यसैगरी धादिङका केशबहादुर गुरुङ र सहिन गुरुङ, बाजुराका सागर खत्री, नुवाकोट तादीका सुवास तामाङ तथा खलढुंगा भदौरेका नेत्रबहादुर थापामगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)



.jpg)
.jpg)




प्रतिक्रिया