प्रधानमन्त्रीले संसदप्रति जवाफदेही हुनुपर्ने हर्कराज राईको माग
- BFIS News
- 2026 May 21 11:58
काठमाडौं । हर्कराज राई ले प्रधानमन्त्री बालेन्द्र साह ले संसदमा उठाइएका प्रश्नको जवाफ नदिएको भन्दै राजीनामा दिनुपर्ने धारणा राखेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै राईले संसदीय नियमावलीअनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बाध्य हुने उल्लेख गरे। उनले प्रधानमन्त्रीले गृह तथा रक्षा मन्त्रालयसम्बन्धी विषयमा उठाइएका प्रश्नको जवाफ नदिएको भन्दै आपत्ति जनाए।
राईले आफूले २०८३ साल वैशाख २८ र २९ गते गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा सीमा सुरक्षासम्बन्धी विषयमा प्रश्न उठाएको उल्लेख गर्दै हालसम्म त्यसको जवाफ नआएको बताए। प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार नगरेकाले गृह र रक्षा मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेको अवस्थामा संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने उनको भनाइ थियो।
उनले संसदीय नियमावलीको दफा १५(२) अनुसार सम्बन्धित मन्त्रीले सांसदका प्रश्नको उत्तर दिनुपर्ने व्यवस्था रहेको उल्लेख गरे। संसदको गरिमा र लोकतान्त्रिक अभ्यास जोगाउन प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उनले बताए।
राईले प्रधानमन्त्री संसदप्रति जवाफदेही नभए कसप्रति उत्तरदायी छन् भन्ने प्रश्नसमेत उठाए। साथै, आफ्नो कर्तव्य पूरा गर्न नसक्ने अवस्थामा प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)


.jpg)





प्रतिक्रिया