नेपाली बजारमा सुन–चाँदीको भाउ उकालो
- BFIS News
- 2026 May 19 11:44
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।
अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला पाँच हजार ८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया