सेती नदी आयोजनाको प्रदर्शनका आधारमा भिजन लुम्बिनी उर्जाको रेटिङ यथावत्
- BFIS News
- 2026 May 21 15:07
काठमाडौँ । इक्रा नेपालले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको दीर्घकालीन तथा अल्पकालीन ऋणतर्फको रेटिङ यथावत् राखेको छ । कम्पनीको दीर्घकालीन ऋणतर्फ ‘इक्रा एनपी एलबीबी’ तथा अल्पकालीन ऋणतर्फ ‘इक्रा एनपी ए फोर’ रेटिङ पुनः पुष्टि गरिएको हो ।
इक्रा नेपालका अनुसार यसअघि मूल्याङ्कन गरिएको कुल ४ अर्ब ४० करोड रुपैयाँ दायित्वमध्ये दीर्घकालीन कर्जातर्फ ४ अर्ब ३० करोड रुपैयाँ तथा अल्पकालीन कर्जा सीमा १ अर्ब रुपैयाँ रहेको थियो । हाल कम्पनीको कुल दायित्व ४ अर्ब ३३ करोड ७० लाख रुपैयाँ बराबर कायम रहेको उल्लेख गरिएको छ ।
रेटिङ यथावत् राख्नुको मुख्य आधार कम्पनीले सञ्चालन गरिरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको मध्यमस्तरीय सञ्चालन प्रदर्शनलाई मानिएको छ । आयोजनाले २०८१ मंसिर मध्यदेखि २०८३ वैशाख मध्यसम्मका दुई सुख्खा मौसममा करिब ९५ प्रतिशत सम्झौता ऊर्जा उत्पादन गर्न सफल भएको जनाइएको छ । यद्यपि, समग्र अवधिमा भने आयोजनाले करिब ८१ प्रतिशत मात्र विद्युत् उत्पादन गरेको तथ्य मूल्याङ्कनमा समावेश गरिएको छ ।
वर्षायाममा प्रसारण लाइनमा बढेको भारका कारण विद्युत् प्रवाहमा केही अवरोध उत्पन्न भएको उल्लेख गर्दै आगामी वर्षायाममा प्रसारण क्षमता विस्तारसँगै यस्तो समस्या घट्ने अपेक्षा गरिएको इक्रा नेपालको भनाइ छ ।
विद्युत् खरिद सम्झौताअनुसार आयोजनामा करिब ३१ प्रतिशत सुख्खा ऊर्जा मिश्रण कायम रहेको र यो न्यूनतम आवश्यक ३० प्रतिशत सीमाभन्दा माथि रहेकाले आपूर्ति जोखिम सीमित रहेको निष्कर्ष निकालिएको छ । साथै, नेपाल विद्युत् प्राधिकरणसँग पूर्वनिर्धारित दर र वृद्धि संरचनासहित विद्युत् खरिद सम्झौता भएकाले बिक्री तथा मूल्य जोखिम न्यून रहेको मूल्याङ्कन गरिएको छ ।
इक्रा नेपालले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको संस्थागत प्रवर्द्धन तथा सञ्चालक समितिमा प्रतिनिधित्वलाई पनि कम्पनीको बलियो पक्षका रूपमा उल्लेख गरेको छ ।
यद्यपि, आयोजनाको प्रति मेगावाट लागत करिब २४ करोड ९० लाख रुपैयाँ पुगेकाले ऋणभार उच्च रहेको उल्लेख गरिएको छ । निश्चित दर तथा सीमित वृद्धिदरका कारण प्रतिफल सूचक कमजोर देखिएको र कुल ऋण तथा सञ्चालन नाफाबीचको अनुपात करिब १० गुणा रहेको तथ्य पनि प्रतिवेदनमा औंल्याइएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)



.jpg)
.jpg)




प्रतिक्रिया