NIMB Header 2
Nepal Life

हिमालयन बैंकले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण गर्ने

IME LIFE
  • BFIS News
  • 2026 May 21 15:14
हिमालयन बैंकले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण गर्ने
United Ajod

काठमाडौं । Himalayan Bank Limited ले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकको चैत १५ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

 

Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थापक समूहको स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक शेयरमध्ये एक पटकमा अधिकतम १० प्रतिशतसम्म सर्वसाधारण शेयरमा रूपान्तरण गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार हिमालयन बैंकले संस्थापक शेयरलाई सर्वसाधारण समूहमा रूपान्तरण गर्न लागेको जनाएको छ ।

यसका लागि बैंकले इच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ । आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार कम्पनीको तर्फबाट आवेदन दिने शेयरधनीले सञ्चालक समितिको निर्णयसहित निवेदन पेश गर्नुपर्नेछ ।

आवेदन बैंकको शेयर रजिष्ट्रार Himalayan Capital Limited मार्फत पेश गर्न सकिनेछ । आवेदन फारम हिमालयन बैंक तथा हिमालयन क्यापिटलको वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया