एमालेले मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने निर्णय, बल्खुमै नयाँ भवन बनाउने तयारी
- BFIS News
- 2026 May 21 16:41
काठमाडौं । Communist Party of Nepal (Unified Marxist–Leninist) ले व्यवसायी मीनबहादुर गुरुङले उपलब्ध गराएको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ ।
पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कलंकीस्थित १० रोपनी १४ आना जग्गा स्वीकार नगरी धन्यवादसहित फिर्ता गर्ने प्रस्ताव पेस गरेका थिए । सोही अनुसार जग्गा फिर्ता गर्ने निर्णय गरिएको हो ।
२०८१ असोजमा व्यवसायी गुरुङले एमालेका लागि उक्त जग्गा दान दिने र भवन निर्माण गरिदिने घोषणा गरेका थिए । तर उक्त विषयमा पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।
विवादकै क्रममा निर्णयको विरोध गरेको भन्दै नेतृ डा. विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरिएको थियो ।
हालको निर्णयसँगै एमालेले बल्खुस्थित आफ्नै जग्गामा पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । नयाँ भवन नबन्दासम्म अस्थायी रूपमा भाडाको भवन प्रयोग गर्ने प्रस्ताव पनि सचिवालय बैठकमा राखिएको छ ।
सर्वोच्च अदालतको फैसलापछि बल्खुमा कार्यालय भवन निर्माणमा कानुनी अवरोध नरहेको निष्कर्षसमेत पार्टीले निकालेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)



.jpg)
.jpg)




प्रतिक्रिया