नेपाल बैंकका ग्राहक र कर्मचारीलाई डालिया होटलमा १०% देखि ३५% सम्म छुट
- BFIS News
- 2026 May 21 16:44
काठमाडौँ । Nepal Bank Limited का ग्राहक तथा कर्मचारीहरूले पोखरा लेकसाइडस्थित डालिया होटलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच सेवा शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका खाता भएका ग्राहक र कर्मचारीहरूले होटलले प्रदान गर्ने विभिन्न सेवामा बिल रकमको १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
सम्झौतामा बैंकको तर्फबाट बजारिकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र Dahlia Hotel का तर्फबाट निर्देशक सीता रायमाझीले हस्ताक्षर गरेका हुन् ।
यो सहकार्यबाट बैंकका करिब २७ लाख ग्राहक तथा कर्मचारीहरूले होटलको सहुलियतपूर्ण सेवाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।
नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक प्रविधि प्रयोग गर्दै ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको पनि जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)



.jpg)
.jpg)




प्रतिक्रिया