इसेवाबाट जीवन बीमा नवीकरण गर्दा उपहार योजना सार्वजनिक
- BFIS News
- 2026 May 21 20:22
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा प्रिमियम भुक्तानी तथा पोलिसी नवीकरणलाई प्रोत्साहन गर्न उपहार योजना ल्याएको छ।
कम्पनीले जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म सञ्चालन हुने अभियानअन्तर्गत अनलाइनमार्फत बीमा नवीकरण गर्ने ग्राहकलाई विभिन्न उपहार प्रदान गरिने जनाएको छ।
इसेवाका अनुसार मोबाइल एप वा वेबसाइटमार्फत कुनै पनि जीवन बीमा कम्पनीको प्रिमियम भुक्तानी अथवा पोलिसी नवीकरण गर्ने सेवाग्राही उक्त योजनामा सहभागी हुन सक्नेछन्।
योजनाअनुसार एक जना ग्राहकले ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन् भने तीन जनाले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। साथै अभियान अवधिभर प्रत्येक साता एक जना प्रयोगकर्तालाई २ हजार ५ सय रुपैयाँ नगद उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विभिन्न जीवन बीमा कम्पनीहरूसँगको सहकार्यमा केही सेवामा क्यासब्याक सुविधा पनि प्रदान गरिनेछ।
इसेवाले अनलाइन माध्यमबाट बीमा नवीकरण गर्दा सेवाग्राहीले कार्यालय पुग्नुपर्ने आवश्यकता कम हुने तथा घरबाटै प्रिमियम भुक्तानी गर्न सकिने जनाएको छ। कम्पनीले यस अभियानबाट डिजिटल भुक्तानीको प्रयोग विस्तार हुनुका साथै जीवन बीमाप्रति जनचेतना बढ्ने अपेक्षा गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)



.jpg)
.jpg)




प्रतिक्रिया