ईयू आबद्ध देशका कूटनीतिक प्रतिनिधिसँग आज प्रधानमन्त्री शाहको संयुक्त भेटवार्ता
- BFIS News
- 2026 May 26 10:22
काठमाडौं, जेठ १२ । प्रधानमन्त्री बालेन्द्र शाह ले आज नेपालस्थित युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने तय गरिएको उक्त कार्यक्रममा विभिन्न कूटनीतिक प्रतिनिधिसँग समसामयिक विषयमा संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहाल का अनुसार भेटवार्ताका क्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धको सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल केन्द्रित रहनेछ।
यसअघि प्रधानमन्त्री शाहले गत चैत २५ गते पनि नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)

.jpg)




प्रतिक्रिया