NIMB Header 2
Nepal Life

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह

IME LIFE
  • BFIS News
  • 2026 May 26 12:56
गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
United Ajod

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) संक्रमण पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई आग्रह गरेको छ ।

 

Nepal Life
NIMB

नगरपालिकाले वडा नं. २, ३ र ४ मा बर्ड फ्लु संक्रमण देखिएपछि नियन्त्रण तथा रोकथामका कामलाई तीव्र बनाइएको जनाएको छ । संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायत पन्छी, अण्डा तथा पन्छीजन्य दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र क्षेत्र पूर्ण रूपमा निसंक्रमण गर्ने कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने व्यवस्था पनि गरिएको छ ।

प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न, फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न तथा खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न कृषकलाई निर्देशन दिइएको छ । खोरहरूको दैनिक निसंक्रमण गर्न र फार्म परिसरमा कुकुर, बिरालो तथा मुसाजस्ता जनावरको प्रवेश रोक्न समेत आग्रह गरिएको छ ।

मरेका पन्छीलाई तुरुन्त सुरक्षित रूपमा खाल्डोमा गाड्न तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । साथै, मासु तथा अण्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न नगरपालिकाले सर्वसाधारणलाई सचेत गराएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया