राष्ट्र बैंकद्वारा कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह
- BFIS News
- 2026 May 26 13:03
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । राष्ट्र बैंकले कर्जाको ब्याजदर स्थिर (फिक्स्ड) वा परिवर्तनशील (फ्लोटिङ) दुवै प्रकारको हुन सक्ने जनाएको हो ।
राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदर भएको कर्जामा तोकिएको अवधिसम्म ब्याजदर परिवर्तन हुँदैन । तर परिवर्तनशील ब्याजदरमा भने बैंकको आधार दर (बेस रेट) मा आएको परिवर्तनअनुसार ब्याजदर घटबढ हुन सक्छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले परिवर्तनशील ब्याजदरमा कर्जा प्रवाह गर्दा आधार दरमा प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था रहेको छ । यस्तो प्रिमियम ग्राहकको जोखिम मूल्यांकनका आधारमा तय हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी कर्जा स्वीकृत भएपछि पछि मनपरी रूपमा बढाउन वा छुट दिएर पुनः स्वतः वृद्धि हुने व्यवस्था लागू गर्न नपाइने स्पष्ट पारेको छ ।
परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले कर्जा प्रस्तावपत्र लिँदा आधार दर र प्रिमियम दरबारे स्पष्ट जानकारी लिनुपर्ने राष्ट्र बैंकको सुझाव छ । साथै, आधार दरमा आएको परिवर्तनका कारण ब्याजदरमा के–कति परिवर्तन भयो र त्यो कहिलेदेखि लागू भयो भन्ने जानकारी सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट बुझ्नुपर्ने उल्लेख गरिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)


.jpg)
.jpg)




प्रतिक्रिया