नेप्से परिसूचकसँगै कारोबार रकममा गिरावट, सूचक २७७७ विन्दुमा बन्द
- BFIS News
- 2026 May 26 15:17
काठमाडौं, मंगलबार। साताको दोस्रो कारोबार दिन सेयर बजार ओरालो लागेको छ। अघिल्ला दुई दिन लगातार बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार भने घटेर बन्द भएको हो। यससँगै समग्र कारोबार रकममा पनि गिरावट देखिएको छ।
मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४५ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंकले घटेका छन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ३४२ वटा स्टकको ५२ हजार ७५१ पटकको कारोबारमार्फत ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२३ प्रतिशतले वृद्धि भएको छ। गत शुक्रबार सूचीकृत भई आजदेखि नियमित दोस्रो बजारमा कारोबार सुरु गरेको उक्त कम्पनीको सेयरमा सकारात्मक वृद्धि देखिएको हो। त्यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर करिब ६ प्रतिशत र त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य पनि करिब ६ प्रतिशतले बढेको छ। बजार घटेको दिनमा पनि कुनै पनि स्टकको मूल्य गिरावट ४ प्रतिशतभन्दा बढी देखिएको छैन।
कारोबार रकमका आधारमा आँखा खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै रिडी पावर कम्पनीको १६ करोड ५० लाख रुपैयाँभन्दा बढी र साहस ऊर्जाको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको परिसूचक सामान्य बढेको छ भने ११ उपसमूह घटेका छन्। म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने बाँकी सबै उपसमूहमा सामान्य गिरावट आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)


.jpg)
.jpg)




प्रतिक्रिया