‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा आयोजना हुने
- BFIS News
- 2026 May 26 15:21
काठमाडौं, मंगलबार। विद्युत्, इलेक्ट्रोनिक्स, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघले चारदिने प्रदर्शनी आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग बढ्दो क्रममा रहेकाले आधुनिक र गुणस्तरीय विद्युतीय सामग्रीको आवश्यकता बढिरहेको छ। यही सन्दर्भमा नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको जनाइएको छ।
प्रदर्शनीमा नेपालसहित विभिन्न देशका कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाको सहभागिता रहनेछ। कार्यक्रममा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा प्रणाली, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर तथा केबुल, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिनेछ।
महासंघका अनुसार प्रदर्शनीले स्वदेशी विद्युतीय उद्योग प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यवसायिक नेटवर्क विस्तार र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ। प्रदर्शनीमा सहभागीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन तुलना गर्न, प्राविधिक जानकारी प्राप्त गर्न तथा नयाँ प्रविधिको प्रत्यक्ष अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
प्रदर्शक कम्पनीका लागि कार्यक्रमलाई ब्रान्ड प्रवर्द्धन, नयाँ उत्पादन सार्वजनिक गर्ने तथा सम्भावित ग्राहक र वितरकसँग सम्पर्क विस्तार गर्ने अवसरका रूपमा हेरिएको आयोजकको भनाइ छ। आयोजकका अनुसार प्रदर्शनीका सबै स्टल बुकिङ सम्पन्न भइसकेका छन्।
प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सर्फमर रहेको छ भने पावर बाई स्पोन्सर ह्याभेल्स इन्डिया लिमिटेड रहेको छ। प्लेटिनम स्पोन्सरमा जनता केबल इन्डस्ट्रिज प्रालि, डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटहाइट ग्लोबल प्रालि तथा गोल्ड स्पोन्सरमा एसएमसी ग्लोबल प्रालि रहेका छन्।
आयोजक समितिका अध्यक्ष दिलिपकुमार अग्रवालले प्रदर्शनीमा उद्योगी, व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी हजारौं आगन्तुक सहभागी हुने अपेक्षा गरिएको बताएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)


.jpg)
.jpg)




प्रतिक्रिया