आईएमई लाइफद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकाको उपचारका लागि ३ लाख सहयोग
- BFIS News
- 2026 Jun 03 20:58
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवामा उपयोग गरिने जनाइएको छ।
कम्पनीले यस कार्यक्रममार्फत ३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। प्राप्त रकमबाट न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकाका लागि आवश्यक थेरापी, विशेष हेरचाह तथा पुनर्स्थापना सम्बन्धी सेवाहरू सञ्चालन गरिनेछ।
समयमै आवश्यक उपचार, थेरापी तथा परामर्श सेवा उपलब्ध गराउन सके यस्ता समस्याबाट प्रभावित बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ। साथै आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई समेत यस सहयोगले राहत पुग्ने अपेक्षा गरिएको छ।
बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, विभिन्न प्रकारका थेरापी तथा पुनर्स्थापना सेवाहरू प्रदान गर्दै आएको संस्था हो। संस्थाको विशेषज्ञता र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व कार्यक्रमबीचको सहकार्यले प्रभावित बालबालिकाको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
आईएमई लाइफ इन्स्योरेन्सले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वलाई आफ्नो प्राथमिकतामा राख्दै समुदायको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)








प्रतिक्रिया