सम्पदा लघुवित्तद्वारा प्रभावकारी असुली व्यवस्थापन तालिम सम्पन्न
- BFIS News
- 2026 Jun 06 17:00
काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डस्तरका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको "Field Staff का लागि Effective Recovery Management Training" कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
संस्थाले आफ्ना फिल्ड कर्मचारीहरूलाई प्रभावकारी असुली व्यवस्थापनसम्बन्धी ज्ञान, सीप तथा व्यवहारिक दक्षता प्रदान गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको जनाएको छ। तालिममा असुली व्यवस्थापनका विभिन्न विधि, ग्राहकसँगको समन्वय, समस्या समाधानका उपाय तथा संस्थागत लक्ष्य हासिल गर्न आवश्यक रणनीतिबारे प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी कर्मचारीहरूले तालिमबाट प्राप्त ज्ञान तथा अनुभवले दैनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। संस्थाका अनुसार प्रभावकारी असुली व्यवस्थापनले वित्तीय संस्थाको दिगोपन, वित्तीय अनुशासन तथा सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
सम्पदा लघुवित्तले "सक्षम कर्मचारी, प्रभावकारी असुली र दिगो संस्था" भन्ने मूल उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता क्षमता विकास तथा पेशागत दक्षता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
संस्थाले कर्मचारीहरूको ज्ञान, सीप र कार्यक्षमता विकासमार्फत गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)
.jpg)






प्रतिक्रिया