NIMB Header 2
Nepal Life

मानुषी लघुवित्तको साधारण सभा असार १३ मा, मर्जर प्रस्तावसहित विभिन्न एजेन्डा पारित हुने

IME LIFE
  • BFIS News
  • 2026 Jun 07 11:45
मानुषी लघुवित्तको साधारण सभा असार १३ मा, मर्जर प्रस्तावसहित विभिन्न एजेन्डा पारित हुने
United Ajod

काठमाडौँ । Manushi Laghubitta Bittiya Sanstha Limited ले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

 

Nepal Life
NIMB

संस्थाको साधारण सभा आगामी असार १३ गते बनेपास्थित होटल उग्रचण्डीमा बिहान १०:३० बजे बस्ने गरी तय गरिएको हो।

सभामा Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited र Unique Nepal Laghubitta Bittiya Sanstha Limited सँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरी पारित गरिनेछ।

त्यसैगरी तीनवटै लघुवित्त संस्थाबीच मर्जरसँग सम्बन्धित हालसम्मका निर्णय तथा कार्यहरूलाई समेत अनुमोदन गरिनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गरिने कार्यक्रम रहेको छ।

साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असार ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया