NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम बिर्तामोडमा सम्पन्न, व्यवसाय विस्तारमा जोड

IME LIFE
  • BFIS News
  • 2026 Jun 07 11:48
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम बिर्तामोडमा सम्पन्न, व्यवसाय विस्तारमा जोड
United Ajod

बिर्तामोड । Prabhu Mahalaxmi Life Insurance Limited का इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्ने उद्देश्यसहित विशेष कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न भएको छ।

 

Nepal Life
NIMB

कार्यक्रममा कम्पनीका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा. योगेन्द्र खतिवडा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। प्रदेश प्रमुख सुदीश कुमार गुप्ताको उपस्थितिमा यस क्षेत्रका अभिकर्ताहरूलाई तालिम प्रदान गरिएको बिर्तामोड शाखा प्रमुख नानिबाबु आचार्यले जानकारी दिए।

कार्यक्रममा इलाम शाखा प्रमुख प्रवेश पराजुली, चन्द्रगढी शाखा प्रमुख गिरवान भट्टराई, दमक शाखा प्रमुख जीवा राई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। डेढ सयभन्दा बढी अभिकर्ता तथा लिडर्सहरूको सहभागितामा आयोजित कार्यक्रममा जीवन बीमा व्यवसायको वर्तमान अवस्था, व्यवसाय विस्तार रणनीति, नेतृत्व विकास तथा ग्राहक सेवा गुणस्तर अभिवृद्धिबारे विस्तृत छलफल गरिएको थियो।

प्रमुख अतिथि डा. खतिवडाले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता तथा ग्राहकप्रतिको जिम्मेवारीलाई अझ सुदृढ बनाउँदै कम्पनीको लक्ष्य प्राप्तिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए। त्यस्तै प्रदेश प्रमुख गुप्ताले बदलिँदो बजार आवश्यकता अनुसार नवीन सोच र योजनाका साथ अघि बढ्न अभिकर्ताहरूलाई प्रेरित गरे।

कार्यक्रमले चालु आर्थिक वर्षका लागि स्पष्ट कार्ययोजना निर्माण गर्न तथा अभिकर्ताहरूको मनोबल उच्च बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्। उत्साह, ऊर्जा र व्यावसायिक प्रतिबद्धतासहित कार्यक्रम सभ्य र भव्य वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया