NIMB Header 2
Nepal Life

नेपाल र भारतबीच नबिल बैंकको क्रस-बोर्डर डिजिटल रेमिट्यान्स सेवा सुरु

IME LIFE
  • BFIS News
  • 2026 Jun 07 13:34
नेपाल र भारतबीच नबिल बैंकको क्रस-बोर्डर डिजिटल रेमिट्यान्स सेवा सुरु
United Ajod

काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु गरेको छ। नयाँ सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन्।

Nepal Life
NIMB

बैंकका अनुसार यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले आफ्नो मोबाइल बैंकिङ एप ‘nBank’ प्रयोग गरी भारतमा रहेका परिवारजन तथा साथीभाइलाई तत्काल रकम पठाउन सक्नेछन्। साथै नेपाली तथा भारतीय दुवै नागरिकहरूले नेपालमा रहेका नबिल बैंकका ग्राहकहरूलाई सहज र छिटो रूपमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ।

नबिल बैंकले यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको बताउँदै यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहक सुविधामा थप सुधार ल्याउने विश्वास व्यक्त गरे।

बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था तथा ग्राहक सहजतालाई ध्यानमा राख्दै कारोबार सीमा पनि निर्धारण गरेको छ। नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भारतीय रुपैयाँ १५ हजार तथा मासिक अधिकतम भारतीय रुपैयाँ १ लाखसम्म पठाउन सक्नेछन्। त्यसैगरी भारतबाट नेपालतर्फ दैनिक अधिकतम भारतीय रुपैयाँ २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन।

यो सेवा नेपालमा Nepal Clearing House Limited (NCHL) र भारतमा Unified Payments Interface (UPI) को सहकार्यमा सञ्चालन गरिएको हो। बैंकका अनुसार यसले दुई देशबीच सुरक्षित, भरपर्दो तथा सहज डिजिटल कारोबार सुनिश्चित गर्नेछ।

हाल नबिल बैंकले देशभर २६६ शाखा तथा ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको नबिल बैंकले पछिल्लो समय दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङ प्रवर्द्धनका लागि ‘nBank’ सेवा सञ्चालन गरिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया