NIMB Header 2
Nepal Life

कृषि विकास बैंकको अध्यक्षमा टङ्कप्रसाद पाण्डेय चयन

IME LIFE
  • BFIS News
  • 2026 Jun 08 15:42
कृषि विकास बैंकको अध्यक्षमा टङ्कप्रसाद पाण्डेय चयन
United Ajod

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा टङ्कप्रसाद पाण्डेय नियुक्त भएका छन्।

Nepal Life
NIMB

बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

बैंकले जारी गरेको जानकारीअनुसार पाण्डेय लामो समयदेखि लघुवित्त तथा बैंकिङ क्षेत्रसँग आबद्ध रहँदै आएका छन्। उनले करिब २५ वर्ष विभिन्न वित्तीय संस्थाहरूमा कार्य गरेको अनुभव बोकेका छन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार सञ्चालक समितिबाट अध्यक्ष चयन गरिएको हो। नियुक्तिसम्बन्धी औपचारिक प्रक्रिया नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा सम्पन्न भएको जनाइएको छ।

नवनियुक्त अध्यक्षको जिम्मेवारी हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, बैंक सञ्चालक समितिका सदस्यहरू तथा उच्च व्यवस्थापनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कृषि विकास बैंकले ग्रामीण तथा कृषि क्षेत्रमा केन्द्रित बैंकिङ सेवा विस्तार गर्दै आएको छ। बैंकका अनुसार नयाँ नेतृत्वले संस्थागत व्यवस्थापन, कृषि क्षेत्रमा लगानी प्रवाह तथा वित्तीय सेवाको पहुँच विस्तारका विषयमा काम गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया