एनसीएचएलले सुरु गर्यो ३डी सेक्योर सेवा, अनलाइन कार्ड भुक्तानीमा थप सुरक्षा व्यवस्था
- BFIS News
- 2026 Jun 11 12:48
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ई–कमर्समार्फत हुने कार्ड भुक्तानीलाई थप सुरक्षित बनाउन ३डी सेक्योर एक्सेस कन्ट्रोल सर्भर (एसीएस) सेवा सञ्चालनमा ल्याएको छ।
राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सुरु गरिएको यो सेवाले अनलाइन डेबिट तथा क्रेडिट कार्ड कारोबारमा अतिरिक्त प्रमाणीकरण प्रणाली लागू गर्नेछ।
एनसीएचएलका अनुसार नयाँ सुरक्षा प्रणाली लागू भएसँगै ई–कमर्स प्लेटफर्ममार्फत हुने कार्ड भुक्तानीमा कार्डधनीको थप प्रमाणीकरण आवश्यक हुनेछ। यसका लागि वन टाइम पासवर्ड (ओटीपी) आधारित प्रमाणीकरण विधि प्रयोग गरिनेछ, जसले कार्ड प्रयोगकर्ताको पहिचान पुष्टि गरी अनधिकृत कारोबारको जोखिम कम गर्ने अपेक्षा गरिएको छ।
सेवा प्रयोगका लागि बैंकहरूले आफ्नो कार्डमा ३डी सेक्योर सुविधा सक्रिय गर्नुपर्ने व्यवस्था गरिएको छ। एकपटक सुविधा सक्रिय भएपछि ग्राहकहरूले सुरक्षित रूपमा अनलाइन कारोबार गर्न सक्नेछन्।
एनसीएचएलले उक्त समाधानमार्फत नेटवर्क स्किम व्यवस्थापन, कार्ड जारी गर्ने प्रक्रिया, कारोबार प्रोसेसिङ, सेटलमेन्ट तथा भुक्तानी गेटवे सम्बन्धी सेवाहरूलाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्न सकिने जनाएको छ।
हाल राष्ट्रिय वाणिज्य बैंकसहित Everest Bank Limited, Machhapuchchhre Bank Limited, Siddhartha Bank Limited, Prabhu Bank Limited तथा Laxmi Sunrise Bank Limited लगायतका बैंक तथा वित्तीय संस्थाले आफ्ना कार्डहरूलाई उक्त एसीएस प्रणालीसँग आबद्ध गरिसकेको एनसीएचएलले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया