NIMB Header 2
Nepal Life

नेपाल–भारतबीच एभरेस्ट बैंकमार्फत रियल-टाइम रेमिट्यान्स सेवा सुरु

IME LIFE
  • BFIS News
  • 2026 Jun 11 14:47
नेपाल–भारतबीच एभरेस्ट बैंकमार्फत रियल-टाइम रेमिट्यान्स सेवा सुरु
United Ajod

काठमाडौं । एभरेस्ट बैंकले नेपाल र भारतबीच रकम पठाउने तथा प्राप्त गर्ने कार्यलाई सहज बनाउन सीमा–पार रियल-टाइम पियर–टु–पियर (P2P) रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ।

Nepal Life
NIMB

बैंकले आफ्नो मोबाइल बैंकिङ प्लेटफर्म ‘EBL Touch 24’ मार्फत उक्त सेवा उपलब्ध गराएको जनाएको छ।

नेपाल–भारत अन्तरदेशीय कोष स्थानान्तरणसम्बन्धी सम्झौताअनुसार सुरु गरिएको यस सेवाबाट दुवै देशका प्रयोगकर्ताले वास्तविक समयमै सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।

बैंकका अनुसार नेपालमा रहेका भारतीय नागरिकहरूले दैनिक अधिकतम १५ हजार भारतीय रुपैयाँ र मासिक अधिकतम १ लाख भारतीय रुपैयाँसम्म भारतमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी, भारतमा रहेका नेपाली तथा भारतीय नागरिकहरूले दैनिक अधिकतम २ लाख भारतीय रुपैयाँसम्म नेपालमा रकम पठाउन सक्नेछन्। यसतर्फ मासिक रकम स्थानान्तरणमा कुनै सीमा तोकिएको छैन।

नयाँ सेवामार्फत रकम पठाउँदा प्रापकको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) प्रयोग गर्न सकिनेछ। यो प्रणाली भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (UPI) सञ्जालसँग आबद्ध रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार सीमा–पार डिजिटल भुक्तानी प्रणालीलाई विस्तार गर्दै रेमिट्यान्स कारोबारलाई थप सहज, सुरक्षित तथा औपचारिक बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया