NIMB Header 2
Nepal Life

नाडा र उपत्यका ट्राफिक प्रहरीबीच ट्राफिक व्यवस्थापनमा सहकार्यबारे छलफल

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 16:20
नाडा र उपत्यका ट्राफिक प्रहरीबीच ट्राफिक व्यवस्थापनमा सहकार्यबारे छलफल
United Ajod

काठमाडौँ । NADA Automobiles Association of Nepal का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेको छ।

 

Nepal Life
NIMB

छलफलका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यालय र नाडाबीच सिर्जनात्मक तथा दीर्घकालीन सहकार्य आवश्यक रहेको बताए। उनले पहाडी क्षेत्रका लागि उपयुक्त ठूला क्षमताका मोटरसाइकलहरू समेत काठमाडौंमा सञ्चालन भइरहेको उल्लेख गर्दै मोटरसाइकलको तुलनामा स्कुटर दुर्घटनाको दर कम रहेको विषयमा ध्यानाकर्षण गराए।

काफ्लेले ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालनमा नाडाले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि पहल गर्न आग्रह गरे। साथै सवारीसाधन खरिदकर्ता, सर्भिस सेन्टर तथा पहिलो पटक चालक अनुमतिपत्र प्राप्त गर्ने व्यक्तिहरूलाई ट्राफिक प्रहरी कार्यालयमार्फत करिब एक घण्टाको आधारभूत ट्राफिक प्रशिक्षण दिने व्यवस्था गर्न सके ट्राफिक व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

छलफलका क्रममा नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक प्रहरी कार्यालयसँग विगतदेखि हुँदै आएको सहकार्यबारे चर्चा गरेका थिए। उनले नाडाको ५०औँ वार्षिक साधारण सभा तथा स्वर्ण जयन्तीका अवसरमा आगामी असार १३ देखि १९ गतेसम्म राजधानीमा सप्ताहव्यापी विशेष कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउन ट्राफिक प्रहरी कार्यालयको सहयोग आवश्यक रहेको बताए।

उप्रेतीले सो अवसरमा ट्राफिक जनचेतना अभिवृद्धिका लागि स्टिकरमार्फत सचेतनामूलक अभियान सञ्चालन गर्ने योजना पनि साझा गरेका थिए।

छलफलमा नाडाका महासचिव मिलनबाबु मल्ल, उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल तथा कोषाध्यक्ष पंकज अग्रवाललगायतले ट्राफिक व्यवस्थापन र सहकार्यका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया