NIMB Header 2
Nepal Life

कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पूर्वाधार र कृषिमा उच्च प्राथमिकता

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 18:15
कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पूर्वाधार र कृषिमा उच्च प्राथमिकता
United Ajod

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

 

Nepal Life
NIMB

Government of Koshi Province का आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभामा प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले वृद्धि भएको हो।

कुल बजेटमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ १५ करोड तथा वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्व, राजस्व बाँडफाँड र संघीय अनुदानमार्फत प्रमुख हिस्सा जुटाइनेछ। बाँकी अपुग ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट पूर्ति गरिने उल्लेख छ।

बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै १२ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रमा ६ अर्ब २८ करोड रुपैयाँ छुट्याइएको छ भने कृषि क्षेत्रका लागि पनि समान ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा तथा सामाजिक विकास क्षेत्रमा ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत सक्षम छोरी कार्यक्रम, अपाङ्गता संरक्षण, अटिजम सहयोग, तथा साङ्केतिक भाषा शिक्षासम्बन्धी कार्यक्रमहरू समेटिएका छन्।

बजेटमा प्रदेशका १०० वटा वडा विद्यालयमा डिजिटल बोर्डमार्फत पठनपाठन सुरु गर्ने योजना पनि समावेश गरिएको छ।

त्यसैगरी ज्योतिष शास्त्र, वास्तु तथा तान्त्रिक विधिको अध्ययनलाई समेत अगाडि बढाइने उल्लेख गरिएको छ। साथै मनमोहन प्राविधिक विश्वविद्यालयका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ र धनकुटामा चिकित्सा शास्त्र अध्ययन सुरु गर्ने घोषणा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया