NIMB Header 2
Nepal Life

बचत फिर्ताको माग गर्दै कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताको माइतीघरमा प्रदर्शन

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 16:43
बचत फिर्ताको माग गर्दै कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताको माइतीघरमा प्रदर्शन
United Ajod

काठमाडौं । Karnali Development Bank मा जम्मा गरेको बचत रकम लामो समयदेखि फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

 

Nepal Life
NIMB

बाँके, बर्दिया र दाङ जिल्लास्थित बैंकका १९ वटा शाखामा खाता रहेका बचतकर्ताहरू काठमाडौंमा भेला भई आफ्नो बचत रकम फिर्ताको माग गर्दै सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले बैंकमा भएको भनिएको अनियमितता तथा सम्बन्धित निकायहरूको उदासीनताका कारण आफूहरूको बचत जोखिममा परेको गुनासो गरेका छन्। उनीहरूले आफ्नो रकम सुरक्षित हुने विश्वासका साथ बैंकमा बचत गरेको भए पनि लामो समयसम्म फिर्ता नपाउँदा आर्थिक तथा मानसिक रूपमा समस्यामा परेको बताएका छन्।

प्रदर्शनका क्रममा बचतकर्ताहरूले ‘कर्णाली बैंक घोटालाका दोषीलाई कारबाही गर’, ‘संस्थाहरूको बचत फिर्ता गर’ र ‘जनताको निक्षेप तुरुन्त फिर्ता गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

बचतकर्ताहरूले दोषीमाथि कानुनी कारबाही गर्दै निक्षेपकर्ताको रकम यथाशीघ्र फिर्ता गर्ने व्यवस्था मिलाउन सरकार, नियामक निकाय तथा सम्बन्धित पक्षसँग माग गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया