इभी बीमा दाबीमा अनियमितता बढ्दै, वारेन्टी र सर्भिस शुल्क दोब्बर बनाउने प्रवृत्तिप्रति चिन्ता
- BFIS News
- 2026 Jun 15 17:07
काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) बीमा दाबी प्रक्रियामा वारेन्टी तथा सर्भिस शुल्कसम्बन्धी अनियमित अभ्यास देखिन थालेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
Nepal Insurance Surveyor Association द्वारा आयोजित ‘विद्युतीय सवारी (ईभी) बीमा दाबी विवाद व्यवस्थापनः वर्तमान चुनौती र उदीयमान प्रवृत्तिहरू’ विषयक एक दिने कार्यक्रममा सहभागीहरूले ईभी सवारीको बीमा दाबीमा विभिन्न समस्या देखिएको बताएका हुन्।
कार्यक्रममा सर्भेयरहरूले वारेन्टी अवधिभित्र पर्ने पार्टपुर्जाहरूलाई पनि बीमा दाबीमा समेट्ने अभ्यास बढ्दै गएको गुनासो गरेका छन्। साथै, बीमा दाबी प्रक्रियामा सर्भिसिङ शुल्कलाई दोब्बर बनाउने प्रवृत्ति समेत देखिएको उनीहरूको भनाइ छ।
सरोकारवालाहरूका अनुसार विद्युतीय सवारी साधनको बीमा र मर्मत प्रक्रियामा स्पष्ट नियमको अभावका कारण दाबी व्यवस्थापनमा जटिलता बढ्दै गएको छ। त्यसैले बीमा क्षेत्रका नियामक निकाय र सर्भेयरहरूले यस विषयमा स्पष्ट मापदण्ड तयार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
कार्यक्रममा सहभागी सर्भेयरहरूले बीमा दाबी प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन तत्काल नीतिगत सुधार आवश्यक रहेको सुझाव पनि दिएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)

.png)







प्रतिक्रिया